यसै परिप्रेक्ष्यबाट प्रभावित भएर समाज सेवाको भावनाले अभिप्रेरित भई शिक्षा विना यस क्षेत्रको विकास हुन नसक्ने कुरालाई आत्म साथ गरी सर्वसधारण जनतालाई निःशुल्क शिक्षा प्रदान गर्ने महान उदेश्य लिई सप्तरी जिल्लाको वोदे बरसाईन निवसी जमिनदार दाता स्व. शत्रुघ्न प्रसाद सिंह यादवले आफ्नी परम पुज्य आमा स्व. चन्द्रावती यादवको नाममा वि.स. २०१३ साल पौष १४ गतेका दिन चन्द्रा हाई इंगलिस स्कूल (हाल चन्द्रा नमुना माध्यमिक विद्यालय वोदे बरसाईनको स्थापना गरी विद्यालय सञ्चालनार्थ १६१ विगा ३ कठा ६ १ धुर जग्गा प्रदान गर्नु भएको थियो । शिक्षा क्षेत्रमा उदाहरणी कार्य गर्नु भएकाले
२
विद्यालय भवनको शिलान्यास हाई स्कूल स्थापना दिवसको शुभ अवसरमा तत्कालीन राजा श्री ५ महेन्द्र वीर विक्रम शाहबाट भएको थियो ।
उहाँको कामको ठूलो प्रशंसा गरिएको थियो । शुरुमा यो विद्यालयलाई दाता एवम संस्थापक ज्यूद्धारा निःशुल्क सञ्चालन गरिएको थियो । जसले गर्दा यस क्षेत्रका सर्वसाधारण गरीब बालबालिकाहरुले समेत शिक्षा ग्रहण गर्न सफल भए । त्यसबेला भारतीय शिक्षाप्रेमी प्रधानाध्यापक श्री राम सकल प्रसाद सिंह ज्यूको नेतृत्वमा बहुसङख्यक भारतीय शिक्षकहरुबाट शान्त वातावरणमा बालबालिकाहरुलाई शिक्ष दीक्षा दिने कार्य सुचारु रुपले भएको थियो । जिल्ला सदरमुकाम राजविराजमा विद्यालय भएता पनि पूर्वमा कोशी र पश्चिममा कमला सम्मका र जिल्ला बाहिर टाढा टाढाका विद्यार्थीहरु पनि यस विद्यालयमा भर्ना भई शिक्षा हासिल गर्दथे । वि.स. २०२८ सालमा नयाँ शिक्षा योजना लागु भए पश्चात शिक्षा निति अनुरुप यस विद्यालयमा पनि शुल्क दिने क्रम शुरु भयो । यो विद्यालय पनि सरकारी विद्यालयको रुपमा कायम भएर सरकारद्धारा पाउने दरबन्दी लगाएत अनुदान समेत प्राप्त गर्न र विद्यालयले उन्नती गर्दै गइरहेको थियो । त्यही बेला वि.स. २०३६ साल तत्कालीन सरकारले यस विद्यालयलाई नमुना विद्यालयको रुपमा घोषण ग¥यो। विद्यालयको नाममा रकम दिने सहमती भएको भए पनि विद्यालयले रकम प्राप्त गर्न सकेन र एउटा सबल विद्यालय कमजोर बन्न पुग्यो । त्यस पछि विद्यालयले आफ्नो आन्तरिक श्रोतबाट सञ्चालित भई रहेको अवस्थामा वि.स. २०५२ सालमा माध्यमिक तहको स्थायी स्वीकृति पुनः प्राप्त गरेको थियो ।
२०५५ साल देखि +२ अवधारणा बमोजिम माध्यमिक विद्यालयमा १० +२ को शुरुभएको थियो । यस क्षेत्रका आर्थिक विपन्नले घर देखि टाढा गएर पढन असमर्थ छात्रछात्राहरुलाई कक्षा १२ सम्मको शिक्षा प्रदान हुदै आएको यस विद्यालयमा वि.स. २०७२ साल देखि प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा कम्प्यूटर इन्जिनियरिङ्ग विषयमा ९–१२ सम्मको पढाई शुरु ग¥यो । वि.स. २०७४ साल देखि शिक्षा मन्त्रालयको नमुना विद्यालयको रुपमा सञ्चालन भई रहेकोछ । २०८० साल देखि विज्ञान विषयमा ११–१२ को पढाई शुरु भएकोछ । नमुना विद्यालय विकासका लागि विद्यालय सुधार योजनाले मार्ग दर्शन गरेको नमुना बजेटको आधारमा सु–सम्पन्न भौतिक संरचना निर्माण आधुनिक प्रविधि मैत्री, गुणस्तर युक्त, सक्षम र सुविधा सम्पन्न पहिलो श्रेणीको विद्यालय बन्ने लक्ष्यका साथ आफ्नो छविलाई उच्च पार्दै सफलताको सिढी चढदै अगाडी बढी रहेकोछ ।
भौगोलिक स्थित :
चन्द्रा नमुना माध्यमिक विद्यालय, सप्तरी जिल्लाको वोदे बरसाईन नगरपालिकाको वडा नं. ५ मा अवस्थित छ । हुलाकी राजमार्ग परियोजना अन्तर्गत हाल निर्माणधिन अवस्थामा रहेको राजविराज–सिरहा सडक खण्ड र पूर्व पश्चिम महेन्द्र राजमार्गको विसनपूर चौक देखि सुवर्णपट्टी सडकको मिलनविन्दु शत्रुघ्न चौक देखि करिब ६०० मिटर पश्चिम दुरिमा संचालित छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराज देखि १६ कि.मी. पश्चिम र विसनपूर चौक देखि ८ कि.मी. दक्षिणको दुरिमा रहेको छ । भारतीय सीमाना यहाँबाट करिब ९ कि.मी. दक्षिणमा पर्दछ । नगरपालिकाको विद्यालय संचालित वडा नं. ०५ मा हाट वजार, विजुली, टेलिफोन, सशस्त्र प्रहरी वेश क्याम्प, इलाका प्रहरी कार्यालय, कृषि विकास बैंक तथा वित्तीय संस्थाहरु लगायत अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरु रहेका छन् ।
हुलाकी राजमार्ग विद्यालयको दक्षिण सीमाना हुदै पूर्व पश्चिम फैलिएर रहेको छ । उत्तरमा खड्क न.पा. दक्षिणमा भारतीय सीमाना पूर्वमा डाक्नेश्वरी न.पा. र पश्चिामा बलान विहुल गाउँपालिका अवस्थित वोदे बरसाईन न.पा.मा जम्मा १० वटा वडाहरु छन् । साविक वोदे बरसाईन, फुलकाही, मानराजा, खड्कपुर, काचन, देउरी, सारस्वर, धनगढी, नेगडा गा.वि.स.समेटेर वोदे बरसाईन न.पा.को निर्माण भएको छ । मानराजा गढी र लक्ष्मीनारायण मन्दिर मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् ।
उत्तरमा यसै न.पा.को वडा नं. ४ र दक्षिणमा ६ र ७ पश्चिममा ३ र पूर्वमा खडक तथा डाक्नेश्वरी न.पा.को बीचमा रहेको वडा नं. ०५ को मुख्य बजार भन्दा पश्चिम तर्फ न.पा.को कार्यालयको छेउमा यो विद्यालय विद्यमान रहेको छ । प्राकृतिक रुपले पूर्वमा खडक नदी छ भने पश्चिमका विहुल नदी जसका चपेटामा यस विद्यालयका केही जग्गा जमिनहरु परेका छन् । हाल यहाँको बाटो घाटोको अवस्था पनि सुदृढ तर्फ बढदैं गरेको छ ।
यस विद्यालय सँग १६१ विघा ३ कठा र ६.५ धुर (१६१–०३–६.५) जग्गा रहेको छ । लगभग ७ विघामा रहेको विद्यालय परिसर भित्र भौतिक संरचना खेल मैदान करेसावारी, पोखरीहरु रहेका छन् । १६१–०३–६.५ मध्ये विद्यालय परिसर बाहेक १५४ विघा जग्गा खुला रुपमा छ, जसभित्र पोखरी, खेतीयोग्य जमिन, बगैंचा र केही पर्ती जग्गा पनि पर्दछन् । स्थापना कालमा विद्यालय टहरोमा संचालन भएको हुँदा ३÷३ पटक आगलागि भयो । गलत मानसिकता भएको व्यक्तिहरुको दु साहस वावजुद पनि विद्यालयको स्थापना भयो र यसलाई न्यूनिकरण गर्न यस भेगका वोदे बरसाईन निवासी जमिनदार दाता स्व. शत्रुघ्न प्रसाद सिंह यादवज्यूबाट पक्की घर निर्माण कार्य अगाडी बढाइयो ।
मिश्रित वसोवास रहेको यस श्रेत्रमा मुख्य गरी हिन्दु र मुश्लिम धर्म मान्ने समुदायहरुको वसोवास रहेको छ । यहाँको हावापानी समशितोष्ण खालको छ भने उत्तरी भागमा सामान्य मौसम र दक्षिणी भेगमा गर्मी हुने गर्दछ यस क्षेत्रमा जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने गर्दछ । यहाँ ६ महिना निक्कै न्यानो वातावरण र ६ महिना कुनै कुनै ठाउँमा निक्कै चिसो प्रकृतिको हावापानी महसुस गर्न सकिन्छ ।